Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सत्ता सबैलाई आवश्यक, सत्ताका लागि संसारभरी नै मारामार छ : सभापति देउवा

कास्की । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसारभर नै सत्ताका लागि मारामार भएको टिप्पणी गरेका छन् ।

नेपाली कांग्रेस कास्कीको सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले यस्तो बताएका हुन् ।

सत्ता सबलाई आवश्यक पर्ने भन्दै उनले सत्ताका लागि चुनाव जित्नुपर्ने बताए ।

‘सत्ता सबैलाई आवश्यक छ, सत्ताका लागि संसारभरी नै मारामार छ,’ उनले भने, ‘चुनाव लड्नुपर्छ, जनतामा जानुस्, जनतालाई सम्पर्क गर्नुस् ।’ यस्तै उनले अहिलेको संविधान अनुसार कुनै पनि पार्टीको बहुमत आउन नसक्ने दाबी गरे ।

कसैको बहुमत नआउने भएकाले नै अन्य दलसँग चुनावी गठबन्धन गर्नु परेको उनको जिकिर छ । गठबन्धन विना चुनाव जित्ने अवस्था बनाउन पार्टी कार्यकर्तालाई उनले निर्देशन दिए ।

गठबन्धनका कारण पार्टी बिग्रिएको नेता तथा कार्यकर्ताहरुले बताएपछि उनले गठबन्धन विनै पार्टीलाई बलियो बनाउन निर्देशन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077