Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेप्से ०.४० अंकले घट्दा ४ अर्ब २९ करोडको कारोबार

काठमाडौं । साताको तेस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।

साताको पहिलो कारोबार दिन आइतबार २५ अंक र दोस्रो कारोबार दिन सोमबार ३१ अंकले घटेको नेप्से आज ०.४० अंकले घटेर २०९८.२९ विन्दुमा कायम भएको हो।

सेन्सेटिभ इण्डेक्स ०.०५ प्रतिशतले घटेको छ। सेयर बजार घटेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा घटेको छ। यसदिन ३१० कम्पनीको १ करोड १८ लाख १ हजार ३६० कित्ता सेयर ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार ७५१ रुपैयाँमा खरिदबिक्री भए।

सोमबार ६ अर्बमाथिको सेयर कारोबार भएको थियो। त्यसअघि आइतबार ७ अर्ब ६७ करोड बढी मूल्यको सेयर कारोबार भएको थियो। सामान्य अंकले घटेको बजारमा दुई कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

चन्द्रगिरि हिल्सको १० र नेपाल लुबे ओइलको ९.९९प्रतिशतले सेयर मूल्य बढेको हो। यसदिन मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको ६.२० प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स ५५ करोडको कारोबार गरी शीर्षस्थानमा रह्यो। यसैगरी अपी पावरको १८ करोड,एनआरएन इन्फ्रास्टक्चरको १३ करोड,नगदी ग्रुपको ११ करोड र सोनापुरको १० करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएका उपसमूहमध्ये ६ वटाको मूल्य बढ्यो भने ७ को मूल्य घट्यो। आज १०३ कम्पनीको मूल्य बढ्दा १३७ वटाको घट्यो भने ८ को मूल्य स्थिर रह्यो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077