Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • बूढीगण्डकी आयोजनाबारे कुनै अन्योलता छैन, काम छिटो अगाडि बढाऔँ : प्रधानमन्त्री प्रचण्ड

    बूढीगण्डकी आयोजनाबारे कुनै अन्योलता छैन, काम छिटो अगाडि बढाऔँ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, ९ माघ २०८०
  • 468
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बूढीगण्डकी जलासययुक्त जलविद्युत् आयोजनाको काममा तीव्रता दिन आग्रह गरेका छन्।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित छलफलमा प्रधानमन्त्री प्रचण्डले आयोजना निर्माणको कामलाई तीव्रता दिएर जानुपर्ने बताएका हुन्।



    प्रधानमन्त्री प्रचण्डले भने,‘बूढीगण्डकी जलासययुक्त आयोजना सामान्य परियोजना होइन, यो राष्ट्रिय गौरवको आयोजनाका साथै बहुआयमिक आयोजना पनि हो । हामीले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छौँ । यसर्थ, यस्ता आयोजनाहरूलाई विलम्ब नगरी अगाडि बढाउनु पर्दछ ।’



    जग्गा अधिग्रहण गरी मुआब्जासमेत वितरण गरिसकेको परिस्थितिमा आयोजनाको निर्माण कार्यबारे कुनै प्रकारको अन्योलमा नरहन प्रधानमन्त्रीले मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र बूढीगण्डकी जलविद्युत् लिमिटेडलाई निर्देशितसमेत दिए ।

    बैठकमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उर्जामन्त्री शक्ति बस्नेत, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, मुख्यसचिव अर्याल, अर्थसचिव कृष्णहरि पुष्कर, उर्जासचिव, प्रधानमन्त्री कार्यालयका सचिवहरू, नेपाल विद्युत् प्राधिकरणका अधिकारीहरू र बुढीगण्डकी जलविद्युत् लिमिटेडका अधिकारीहरू उपस्थित थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार