काठमाडौं । विशेष अदालतले दुई वटा भ्रष्टाचारको आरोप लागेका जिल्ला प्रशासन कार्यालय बाराका तत्कालीन सहायक सिडियो शिवराज सेढाईले सफाइ पाएका छन्।
दुई वटा फरकफरक मुद्दामा २ करोड रुपैयाँ भन्दा बढी भ्रष्ट्राचारको आरोप लागेका सहायक सीडीओ सेढाईलाई विशेष अदालतको टेकनारायण कुँवर, नारायणसिंह राई र मुरारीबाबु श्रेष्ठलको इजलासले सफाइ दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेढाई सहितका व्यक्ति विरुद्ध दुई छुट्टाछुट्टै मुद्दामा २ करोड २० लाख २ हजार ९० रुपैयाँ भ्रष्टाचार गरेको भन्दै २०७९ असार १० गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
सेढाईले बाराको जितपुर सिमरा उपमहानरपालिको प्रमुख प्रशासकीय अधिकृत भएको बेला भ्रष्टाचार गरेको आरोप लागेको थियो।
सेढाईसहित ओम सप्लायर्स बाराका प्रोपाइटर ओमशंकर प्रसाद र उक्त सप्लार्यस विरुद्ध राजश्व चुहावट गरी ९९ लाख ९९ हजार ९९९ रुपैयाँ भ्रष्टाचार गरेको दाबी सहित सोही बराबरको बिगो कायम गर्दै अख्तियारले मुद्दा दायर गरेको थियो।
त्यसैगरी सेढाई सहित न्यू पाथिभरा सप्लायर्सका प्रोपाइटर मीराकुमारी श्रेष्ठ र उक्त कम्पनी विरुद्ध पनि राजश्व छली १ करोड २० लाख २८ हजार ९० रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरिएको थियो।
यी दुवै मुद्दामा सेढाई र कम्पनीका प्रोपाइटर कम्पनीले सफाइ पाएका छन्। सेढाई विरुद्ध अख्तियारले मुद्दा दायर गरेको बेला उनी बाराको सहायक सीडीओ थिए
मुद्दा दायर भएसँगै उनी निलम्बनमा परेका थिए।
Leave a Reply