एजेन्सी । दक्षिण अफ्रिकामा जारी आईसीसी-१९ वर्षमुनिको विश्वकप क्रिकेटमा अस्ट्रेलियाले नामिबियालाई ४ विकेटले पराजित गरेको छ ।
९२ रनको सामान्य लक्ष्य पछ्याएको अस्ट्रेलियाले १९ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गरेको हो ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियालाई अस्ट्रेलियाले ३३ ओभर १ बलमा ९१ रनमा अलआउट गरेको थियो ।
अस्ट्रेलियाका कालुम भिड्लेरले ४ विकेट लिएर म्यान अफ दी म्याच बनेका थिए । समूहको पहिलो खेलमा श्रीलङ्काले जिम्बावेलाई हराएको थियो ।
Leave a Reply