Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • पिकनिक खान गएका दुई पक्षबीच ‘ग्याङ फाइट’ हुँदा तीनजना घाइते

    पिकनिक खान गएका दुई पक्षबीच ‘ग्याङ फाइट’ हुँदा तीनजना घाइते

    अनलाइन नेपाल
  • सोमबार, ८ माघ २०८०
  • 2K
    SHARES

    फाइल तस्विर

    झापा । झापामा पिकनिक खान गएका दुई पक्षबीच ग्याङ फाइट भएको छ । जिल्लाको कनकाई नगरपालिका-२ धनुषकोटीधामस्थित सुकेडाँगीमा ग्याङ फाइटको हुँदा तीन जना घाइते भएका हुन् ।

    सोमबार बिर्तामोड र सुरुङ्गाका युवाहरू पिकनिक खान गएका थिए ।



    मादक पदार्थ सेवन गरी ती दुई समूहका युवाहरूबीच वादविवाद भई साँझ साढे ६ बजे हानाहान हुँदा बिर्तामोड नगरपालिका-७ का २३ वर्षीय दीपक लिम्बु र सोही ठाउँका ३७ वर्षीय उमेश चौधरीको टाउकोमा, सोही ठाउँकै २३ वर्षीय प्रताप चौधरीको बायाँ आँखामाथि सामान्य चोट लागेको हो ।



    जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घाइते मध्ये उमेशको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ भने दीपक र लिम्बुको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

    घटनास्थलमा रहेका आधा दर्जन बढी मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्य व्यक्तिहरु फरार छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार