Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसएसपीको पदावधि ८ वर्ष बनाउने प्रस्ताव

काठमाडौं । नेपाल प्रहरीमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को पदावधि ८ वर्ष बनाउने सहमति भएको छ । प्रस्तावित प्रहरी ऐनको मस्यौदामा एसएसपीको पदावधि बढाउन लागिएको हो ।

हाल एसएसपीको पदावधि ६ वर्ष छ । ३० वर्षे सेवाहद हटाउँदा ६ वर्षे पदावधिकै कारण धेरैले अवकाश पाउने भएपछि ८ वर्ष बनाउने सहमति भएको गृह मन्त्रालय स्रोत बताउँछ ।

प्रहरी समायोजनका लागि सरकारले नयाँ संघीय प्रहरी ऐन ल्याउन लागेको छ । जसमा ३० वर्षे सेवाहद हटाउने र उच्च पदको पदावधि हेरफेर गर्ने सहमति भएको छ ।

ऐनको मस्यौदामा आइजिपीको पदावधि ४ बाट ३, एआइजीको ५ बाट ४ वर्षबाट घटाउने सहमति भएको छ । एसएसपीको भने बढाउन लागिएको छ ।

यद्यपी ३० वर्षे सेवाहद हटाउने कि नहटाउने भन्ने विषयमा प्रहरीमा दुई किसिमको संघर्ष जारी छ । अवकाशको मुखमा पुगेका उच्च अधिकारी हटाउनुपर्ने पक्षमा छन् ।

भावी आइजिपीको लाइनमा रहेका अधिकारीहरु भने हटाउन नहुने पक्षमा छन् । यद्यपी समग्रमा भने सेवाहद हटाउँदा संगठनलाई फाइदा हुनेमा सबै सहमत छन् ।

सबै पक्षलाई मनाएर सेवाहद हटाउने पक्षमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077