Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रवि लामिछानेलाई दिएको पत्रमा उल्लेख मिति बैंकले सच्यायो

काठमाडौं । ग्लोबल आईएमई बैंकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई दिएको पत्रमा उल्लेख गरिएको मिति सच्याएको छ ।

सुरुको पत्रमा लामिछानेले दिएको निवेदनको मिति २०२४/६/२२ लेखिएको थियो । तर, आज २०२४/१/२२ तारिख हो ।

जसलाई लिएर आलोचना भएपछि बैंकले पत्रमा उल्लेख गरिएको मिति सच्याएको बताइएो छ ।

सञ्चार माध्यममा आफ्नो बैंक खातामा एक करोड ८० लाख रुपैयाँ रकम जम्मा भएको खबर आएपछि लामिछाने विवरण माग्न ग्लोबल आइएमई बैंक पुगेका थिए ।

बैंकले चेक आएको तर पर्याप्त पैसा नभएकाले खातामा जम्मा हुन नसकेको जवाफ दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077