Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मेरो खातामा एक करोड ८० लाख जम्मा भएकै छैन् : रवि लामिछाने

काठमाडौं । ग्लोबल आइएमई बैंकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको खातामा १ करोड ८० लाख जम्मा नभएको जनाएको छ ।

सभापति लामिछानेले सहकारीबाट एक करोड ८० लाख रुपैयाँ निकालेर आफ्नो खातामा हालेको भन्दै कान्तिपुर दैनिकले छापेको समाचारको ग्लोबल आइएमई बैंकले खण्डन गरेको हो ।

आज कान्तिपुर दैनिकले ग्लोबल आइएमई बैंकको एउटा ‘स्लीप’ सहित रविले अनाधिकृतरुपमा पैसा लिएको समाचार लेखेको थियो ।

कान्तिपुर दैनिकको मुख्य समाचार देखाउँदै लामिछानेले भने, ‘एक करोड ८० लाख जम्मा भयो भनेर पत्रिकामा छ। व्याख्या त कति हुन्छ हुन्छ तर यो न्याय भयो त?’

यस विषयमा प्रष्टीकरण दिन रविले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले ग्लोबल आइएमइ बैंकले आफूलाई दिएको पत्र सार्वजनिक गरेका थिए । उक्त पत्र बैंकले आज रविलाई उपलब्ध गराएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077