Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रहरीको लाठीचार्जबाट मधेशका शिक्षामन्त्री यादव घाइते

जनकपुरधाम । सप्तरीमा जनमत पार्टी र प्रहरीबीचको झडपमा परेर मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव घाइते भएका छन् ।

मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा अवरोध गर्न खोजेपछि शिक्षामन्त्री यादव, प्रदेश सांसदहरु सतिश सिंह, रञ्जु खंग र भाग्यश्री चौधरी घाइते भएका हुन् । उनीहरुलाई प्रहरीको लाठी लागेको छ ।

भवन शिलान्यास कार्यक्रममा अवरोध गर्न खोजेपछि जनमतका नेता कार्यकर्तामाथि सामान्य बल प्रयोग गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

जनमत पार्टीको विरोधकाबीच राजविराजमा मधेश कृषि विश्वविद्यालयको जसपा अध्यक्ष उपेन्द्र यादवले शिलान्यास गरेका छन् ।

राजविराज नगरपालिका- १३ मा करिब १२ विघा जग्गामा विश्वविद्यालयको आफ्नै भवन निर्माणको लागि शिलान्यास गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077