Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • अपराध अनुसन्धानका लागि आवश्यक रणनीति तय गर्नु जरुरी छ : आईजीपी कुँवर

    अपराध अनुसन्धानका लागि आवश्यक रणनीति तय गर्नु जरुरी छ : आईजीपी कुँवर

    अनलाइन नेपाल
  • सोमबार, ८ माघ २०८०
  • 927
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले अपराध अनुसन्धानका लागि आवश्यक रणनीति तय गर्नुपर्ने बताएका छन् ।

    उपत्यका स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा बोल्दै आईजीपी कुँवरले यस्तो बताएका हुन् ।



    आईजीपी कुँवरले अपराध अनुसन्धानमा भएका समस्याहरू विश्लेषण गरेर सफल अपराध अनुसन्धानका लागि आवश्यक रणनीति तय गर्नु गोष्ठीको मुख्य उद्देश्य रहेको बताए।



    विभिन्न जिल्लामा भएका सफल अनुसन्धानका घटना एक आपसमा आदान प्रदान हुने र त्यस्ता सफल अनुसन्धानका पद्धतिहरूलाई अन्य जिल्लामा समेत लागु गर्ने उनको भनाई छ ।

    आईजीपी कुँवरले शान्ति सुरक्षा स्थापना तथा अपराध अनुसन्धान एवं नियन्त्रणमा अझ बढी संवेदनशील र निडर भएर कार्य सम्पादन गर्नुपर्ने बताए ।

    अपराध अनुसन्धानको क्षेत्रमा काम गर्न हरेक प्रहरी कर्मचारीहरूले सबै सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गर्दै अगाडि बढ्नुपर्ने आईजीपी कुँवरको भनाई छ ।

    उनले वैज्ञानिक, प्रमाणमुखी र प्रविधिमैत्री अनुसन्धानको अभ्यासलाई कार्यान्वयन गराउन प्रहरी अधिकृतहरू जुट्नुपर्ने बताए ।

    संविधानका पाना र ऐन कानुनका दफामा जतिनै शब्दहरू प्रयोग भएता पनि, राज्यले अधिकार सुम्पिएका र सो कार्यान्वयनको जिम्मेवारी प्रहरीकै भएको आईजीपी कुँवरले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार