Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मिनी ट्रक पल्टिँदा दुई जनाको मृत्यु, चालक फरार

तनहुँ । तनहुँमा मिनि ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

आइतबार बेलुका ८ बजे तनहुँको देवघाट गाउँपालिका २ कोटबैदी भोक्टेनीस्थित भित्री सडकमा दमौलीबाट छिपछिपे जाँदै गरेको ग १ ख ४१८१ नम्बरको मिनि ट्रक बाँया साईडबाट सडक देखी अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना भएको हो ।

तनहुँ प्रहरीका अनुसार ट्रकमा तीन जना सवार थिए। दुर्घटनामा देवघाट गाउँपालिका-३ दगाराका ६५ वर्षीय नरबहादुर गुरूङ र ४५ वर्षीया बिमाया गुरूङको मृत्यु भएको छ ।

ट्रकका चालक भने बेपत्ता रहेको र उनको खोजतलास कार्य जारी रहेको दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077