Online Nepal
  • सोमबार, २२ पुष २०८१
  • आईसीसी यू-१९ विश्वकप

    न्युजिल्यान्डले दियो नेपाललाई ३०३ रनको विशाल लक्ष्य

    न्युजिल्यान्डले दियो नेपाललाई ३०३ रनको विशाल लक्ष्य

    अनलाइन नेपाल
  • आइतबार, ७ माघ २०८०
  • 648
    SHARES

    काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगितामा न्युजिल्यान्डले नेपाललाई ३०३ रनको लक्ष्य दिएको छ।

    दक्षिण अफ्रिकामा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले स्नेहिथ रेडीको शतकमा ८ विकेटको क्षतिमा ३०२ रन जोडेको हो ।



    रेडीले नटआउट १४७ रन जोड्ने क्रममा १२५ बलमा ११ चौका र ६ छक्का प्रहार गरे। कप्तान ओस्कार ज्याकसनले पनि उत्कृष्ट ब्याटिङ गरे।



    ज्याकसनले ७५ रन जोड्ने क्रममा ८१ बलमा ३ चौका र ५ छक्का प्रहार गरे। आउट हुनुअघि उनले चौथो विकेटका लागि रेडीसँग १५७ रनको साझेदारी गरेका थिए।

    ज्याकसनलाई चौथो विकेटको रुपमा आउट गर्ने क्रममा नेपालका आकाश त्रिपाठीले बोल्ड गरे।

    त्यसअघि न्युजिल्यान्डले १४.३ ओभरमा ३ विकेट गुमाउँदा ६७ जोडेको थियो।  ज्याकसन आउट भएको अर्को ओभरमा नेपालका गुल्सन झाले दुई बलमा दुई विकेट लिए।

    ४३औं ओभरको दोस्रो बलमा ओभरमा गुल्सन झाले स्ट्याकपोललाई शून्यमा आउट गरे। अर्को बलमा झाले ज्याक कमिन्सलाई शून्यमै आउट गरे।

    यस्तै एलेक्स थमसन १३ रन जोड्दा सुवास भण्डारीबाट बोल्ड भए। नेपालका लागि सुवास भण्डारीले पहिलो सफलता दिलाए। उनले १०.१ ओभरमा न्युजिल्यान्डका ओपनिङ ब्याट्सम्यान लुक वाट्सनलाई बोल्ड गरे।

    वाट्सनले १४ रन बनाउने क्रममा २५ बल खेलेर २ चौका प्रहार गरे। १३.५ ओभरमा नेपालले दोस्रो विकेट लियो। नेपालका तिलकराज भण्डारीले न्युजिल्यान्डका ओपनर टम जोन्सलाई ३३ रनमा बोल्ड गरे।

    जोन्सले ४५ बल खेल्दा ५ चौका प्रहार गरेका थिए। स्पिनर दिपेश कँडेलले १४.३ ओभरमा नेपालका लागि तेस्रो विकेट लिए। उनले न्युजिल्यान्डका ओलिभर टेवाटियालाई शून्यमा विकेटकिपरबाट क्याच गराए।

    बलिङमा नेपालका सुवास भण्डारीले ३ विकेट लिन सफल भए। यस्तै गुल्सन झाले २ विकेट आफ्नो नाममा लेखाए। दिपेश कंँडेल, तिलक भण्डारी र आकास त्रिपाठीले १/१ विकेट लिन सफल भए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार