काठमाडौं । आईसीसी यू-१९ विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालविरुद्ध न्युजिल्यान्डका ब्याटर स्नेहित रेड्डीले शतक प्रहार गरेका छन्।
तेस्रो नम्बरबाट ब्याटिङमा आएका रेड्डीले तेस्रो चौथो विकेटका लागि ओस्कर ज्याक्सनसँग एक सय ५७ रनको साझेदारी गरेका थिए।
अहिले भइरहेको खेलमा रेड्डी १०० रनमा खेल्दैछन्। १७ वर्षीय रेड्डी भारतको आन्द्रप्रदेशस्थित विजयवडामा जन्मिएका हुन्।
रेड्डीले १ सय ६ बलमा २ छक्का र ८ चौका प्रहार गर्दै सतक पूरा गरे।
पहिला ब्याटिङ गरिरहेको न्यूजिल्यान्डले ४५।३ ओभरमा ६ विकेट गुमाएर २४७ रन जोडेको छ।
Leave a Reply