Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • बीपीका उपकूलपतिलाई प्रधानमन्त्रीको निर्देशन – पदाधिकारीलाई काठमाडौं नबोलाउनुहोस्, तुरून्तै धरान जानुहोस्

    बीपीका उपकूलपतिलाई प्रधानमन्त्रीको निर्देशन – पदाधिकारीलाई काठमाडौं नबोलाउनुहोस्, तुरून्तै धरान जानुहोस्

    अनलाइन नेपाल
  • आइतबार, ७ माघ २०८०
  • 606
    SHARES

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक डाक्न निर्देशन दिएका छन्।

    प्रधानमन्त्री प्रचण्डले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रल्हाद कार्कीलाई तत्काल धरान गएर कार्यकारिणी समितिको बैठक बोलाउन निर्देशन दिएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने,‘तपाईंले पदाधिकारीलाई काठमाडौंमा नबोलाउनुस्, तपाईं धरान जानुस्, कार्यकारिणी समितिको बैठक बोलाउनुस् । अन्तर्वार्ताको मिति तोक्नुहोस् र नियमावली संशोधनको प्रस्ताव सिनेटमा लैजाने निर्णय गर्नुस् ।’



    प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले प्रतिष्ठानका उपकुलपति कार्कीलाई आइतबार आफ्नो कार्यकक्ष सिंहदरबार बोलाएर कार्यकारिणी समितिको बैठक बोलाउन निर्देशन दिए।

    प्रधानमन्त्री प्रचण्डले सहकुलपति तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई फोन गरेर आइतबारको मितिले कानुनअनुसार २१ दिनको समय राखेर सिनेटको मिति तोक्न निर्देशन दिए।

    प्रधानमन्त्री प्रचण्डले २ माघमा स्वास्थ्यमन्त्री बस्नेतलाई बोलाएर बीपी प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सकहरूका आवाज सुनेर समस्या समाधान गर्न निर्देशन दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार