Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

२५ अंकले घट्यो सेयर बजार परिसूचक नेप्से, कारोबार रकम कति ?

काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।

नेप्से परिसूचक २५.६३ अंकले घटेर २१३०.१८ विन्दुमा कायम भएको हो। यसदिन बजारमा २ करोड २८ लाख २० हजार २७९ कित्ता शेयरको खरिदबिक्री हुँदा ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रुपैयाँको कारोबार भएको छ ।

गत साताको अन्तिम कारोबारका दिन ७.२४ अंकले घटेर बन्द भएको शेयर बजार आज आइतबार प्रि अ‍ेपन सेसनबाट बढेरै खुलेको थियो ।

दोहोरो अंकले ओरालो लागेको बजारमा आँखु खोला जलविद्युत,समाज लघुवित्त वित्तीय,हिमालयन लघुवित्त,मिड सोलु हाइड्रोपावर र शिव श्री हाइड्रोपावर कमाउने शीर्ष पाँचभित्र परे। यसदिन सीईडीबी हाइड्रोपावर डेभलपमेन्टका लगानीकर्ताले भने गुमाए।

सो कम्पनीको सेयर मूल्य ८.२७ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ५६ करोड बढी मूल्यको सेयर कारोबार भयो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077