Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • आईसीसी यू-१९ विश्वकप

    न्युजिल्यान्डविरुद्ध नेपाललाई तेस्रो सफलता, दीपेशले लिए ओलिभरको विकेट

    न्युजिल्यान्डविरुद्ध नेपाललाई तेस्रो सफलता, दीपेशले लिए ओलिभरको विकेट

    अनलाइन नेपाल
  • आइतबार, ७ माघ २०८०
  • 771
    SHARES

    काठमाडौं । आईसीसी यू-१९ विश्वकप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले न्युजिल्यान्डविरुद्ध तेस्रो सफलता हात पारेको छ ।

    दीपेश कँडेलले ओलिभर तिवातियालाई विकेट किपर उत्तम मगरको हातबाट क्याच गराउँदै तेस्रो सफलता दिलाएका हुन्।



    टस हारेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले १४.३ ओभरमा ३ विकेट गुमाउँदै ६७ रन बनाएको छ ।



    यसअघि नेपाललाई दोस्रो सफलता लेगस्पिनर तिलक भण्डारीले दिलाएका थिए । तिलकले ओपनर टम जोन्सलाई ३३ रनमा बोल्ड आउट गरे ।

    उनले ४५ बलमा ५ चौका प्रहार गरेका थिए । न्युजिल्यान्डलाई ओपनर टम जोन्स र ल्यूक वाटसनले पहिलो विकेटका लागि १०.१ ओभरमा ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

    स्पिनर सुवास भण्डारीले ११ औं ओभरको पहिलो बलमा ओपनर ल्यूक वाटसनलाई १४ रनमा बोल्ड आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए । ल्यूकले २५ बलमा २ चौका हाने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार