Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापाका खगेन्द्र दर्जी रहेका छन् । दोहा हुँदै काठमाडौं आएका दर्जीको साथबाट ४९९ ग्राम सुन बरामद गरिएको हो ।

दर्जीलाई चेकजाँचको क्रममा ४९९ ग्राम सुनसहित पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

हिमालय एअरलाइन्सको एच नाइन ५६४ नम्बरको उडानबाट कतारका दोहादेखि काठमाडौं आएका दर्जीले तरल पदार्थ बनाएर सुन ल्याएका थिए ।

अहिले विमानस्थल भन्सार सुरक्षार्थ सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077