Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • सहमतिबाटै टीआरसी विधेयक पारित हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    सहमतिबाटै टीआरसी विधेयक पारित हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, ७ माघ २०८०
  • 711
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीआरसी विधेयक सहमतिबाटै टुङ्गोमा पुर्‍याउने बताएका छन् ।

    युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलन ९नाम० को १९ औं शिखर सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले संसद् अधिवेशन आह्वान हुने बित्तिकै टीआरसी विधेयक अघि बढाएर शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने विश्वास व्यक्त गरे।



    प्रधानमन्त्री प्रचण्डले भने,‘टीआरसी विधेयक सदन खुल्ने बित्तिकै सहमतिबाटै टुङ्गिन्छ र शान्ति प्रक्रियाले पूर्णता पाउँछ। हामी गति लिने कोसिस छौँ।’

    उनले सरकारका कामकारबाहीले गति लिन थालेको भन्दै आफूले सरकारको कामले गति नलिए र मन्त्रालयले आफ्नो जिम्मेवारीलाई ठिक ढङ्गले पुरा नगरे मन्त्रीमण्डल पुनर्गठन हुनसक्छ भनेर आफूले मन्त्रीहरूलाई भनिसकेको बताए ।

    प्रधानमन्त्री प्रचण्डले नेपालको व्युरोक्रेसी क्षमताको हिसाबले दुनियाँको अन्य कुनै पनि देशको भन्दा कम नभएको भन्दै आँट लिने सवालमा भने केही कमी महसुस भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार