एजेन्सी । भारतले दक्षिण अफ्रिकामा जारी १५औँ संस्करणको आइसिसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ ।
शनिबार भएको समूह ‘ए’ को खेलमा बंगलादेशलाई ८४ रनले हराउँदै भारतले विश्वकपमा विजयी सुरुवात गरेको हो ।
भारतले दिएको २ सय ५२ रनको लक्ष्य पछ्याएको बंगलादेश ४५।५ ओभरमा १ सय ६७ रनमै अलआउट भयो ।
त्यसअघि मङ्गाउङ ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन बनायो ।
यस्तै समूह ‘डी’ मा रहेको नेपालले पहिलो खेल न्यूजिल्याण्डसँग आइतबार दिउँसो १ः४५ देखि सुरु हुनेछ ।
Leave a Reply