Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • दुई देशका अधिकारीबीच सीमा सुरक्षाबारे छलफल

    दुई देशका अधिकारीबीच सीमा सुरक्षाबारे छलफल

    अनलाइन नेपाल
  • शनिबार, ६ माघ २०८०
  • 648
    SHARES

    जानकी । बाँके र बर्दियासँग सिमाना जोडिएको भारतीय जिल्ला बहराइचका डिस्ट्रिक मजिस्ट्रेट मोनिका रानी (डिएम) को निमन्त्रणामा बाँके र बर्दियाका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा प्रमुखहरूको एकदिने समकक्षी बैठक भारतको बहराइचस्थित नान्पारामा सम्पन्न भएको छ।

    बहराइचका डिस्ट्रिक मजिस्ट्रेट रानीको नेतृत्वको भारतीय सुरक्षा अधिकारीसँगको संयुक्त सीमा बैठकमा नेपालको तर्फबाट बाँकेका प्रजिअ श्रवणकुमार पोखरेलसहित सुरक्षा अधिकारीले भाग लिएका थिए।



    नेपाली पक्षबाट बर्दियाका सप्रजिअ मोहन अर्याल, बाँके र बर्दियाका प्रहरी उपरीक्षक क्रमशः सुवासचन्द्र बोहरा, सुधीर शाहीलगायत सहभागी रहेका थिए।



    यही माघ ८ गते भारतको अयोध्यामा श्रीराम मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रम र माघ १२ गते हुने गणतन्त्र दिवसका अवसरमा सुरक्षा एवं सुदृढ कानुनी व्यवस्था बनाउने विषयबारे संयुक्त सुरक्षा छलफल गरिएको बाँकेका प्रजिअ पोखरलले बताए।

    प्रजिअ पोखरेलले सुदृढ सुरक्षा व्यवस्था बनाइ राख्ने दिशामा सीमावर्ती दुवैतर्फका सुरक्षा अधिकारीले आपसी समन्वयका साथ काम गर्ने, सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठ नियन्त्रण गर्ने, सीमा क्षेत्रमा विशेष निगरानी बढाउने, संयुक्त चेकजाँच र गस्ती बढाउनेजस्ता विषयमा छलफल भएको जानकारी दिए।

    आज अपराह्न सुरु बैठकपछि दुवै पक्षका सुरक्षा अधिकारीले नेपाल–भारत अन्तर्राष्ट्रिय सीमास्तम्भ र जमुनाह नाका निरीक्षण गरेका थिए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार