Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादीको आम्दानी आठ करोड !

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ ।

लेखापरीक्षणअनुसार पार्टीको आम्दानी गत आर्थिक वर्षमा रु आठ करोड चार लाख ५६ हजार ७०९ भएको छ ।

पार्टीको सदस्यता, लेबी, प्रकाशन बिक्रीबाट प्राप्त रकम, सहयोग रकम पार्टीको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको पार्टीले जनाएको छ ।

सोही अवधिमा पार्टीको दैनिक गतिविधि सञ्चालन गर्ने क्रममा रु सात करोड ८२ लाख ६८ हजार आठ सय ११ खर्च भएको प्रतिवेदनमा उल्लेख छ।

पार्टी केन्द्रीय कार्यालयका लेखाप्रमुख खेमराज पौडेलका अनुसार रु २१ लाख ८७ हजार आठ सय ९८ रकम बचत भएको छ।

चालु आवको बचत र अघिल्लो वर्षको बचत मौज्दातसहित पार्टीमा हालः एक करोड ३२ लाख ४८ हजार सात सय ५६ रकम बचत मौज्दात रहेको प्रतिवेदनमा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077