Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • रक्षामन्त्री खड्काले भने – मुलुक कांंग्रेसकै नीतिअनुसार चलेको छ

    रक्षामन्त्री खड्काले भने – मुलुक कांंग्रेसकै नीतिअनुसार चलेको छ

    अनलाइन नेपाल
  • शनिबार, ६ माघ २०८०
  • 777
    SHARES

    नवलपरासी । नेपाली कांग्रेसका उपसभापत एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुक कांग्रेसकै नीतिअनुसार चलेको बताएका छन्।

    कांग्रेस जिल्ला समितिले नवलपरासीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै रक्षामन्त्री खड्काले यस्तो बताएका हुन् ।



    रक्षामन्त्री खड्काले संविधान निर्माणदेखि कार्यान्वयनसम्म कांग्रेस नै नेतृत्व गरेको र सोही अनुसार काम भइरहेको बताए ।



    उनले आगामी महासमिति बैठकपछि महासमिति सदस्यहरु थप ठूलो आशा र भरोसा जाग्ने गरी अभियान पार्टीले सुरु गर्ने बताए ।

    कार्यवहाक प्रधानमन्त्री समेत रहेका रक्षामन्त्री खड्काले कांग्रेसभित्र निर्वाचित हुने, उम्मेदवार र निर्वाचित गराउने ठूलो पंक्तिका बिच खटपट हुने नदिने गरी काम गर्नु पर्नेमा जोड दिए ।

    जनप्रतिनिधि र पार्टी पति मेलेर काम गर्दा जनप्रतिनिधिले गरेको काम पार्टीले अपनत्व लिने अवस्था हुने र जनताका बिचमा जान थप सहज हुने रक्षामन्त्री खड्काको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार