Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • सुर्खेतमा दुई यातायात व्यवसायीबीच झड्प, एक जना घाइते

    सुर्खेतमा दुई यातायात व्यवसायीबीच झड्प, एक जना घाइते

    अनलाइन नेपाल
  • शनिबार, ६ माघ २०८०
  • 882
    SHARES

    सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर सिटी बसपार्कमा टिकट काट्ने विषयमा दुई यातायात प्रालिका कर्मचारीबीच झडप भएको छ ।

    टिकट काट्ने विषयमा भिजिट कर्णाली यातायात प्रालि र संयुक्त यातायात प्रालिका कर्मचारीबीच झडप भएको हो।



    झड्पमा एकजना यातायात व्यवसायी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।



    बुलबुले गेट नजिकै रहेको काउन्टरमा टिकट काटिरहेका बेला हातपात भएको भिजिट कर्णाली यातायातले जनाएको छ ।

    त्यसपछि दुई समूहबीच झडप भएको थियो । सुर्खेतमा सञ्चालित दर्जन बढी पुराना यातायत व्यवसायीहरुले संयुक्त यातायत व्यवसायी नाममा एलायन्स बनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार