एजेन्सी । जापानी रोबोटले चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको छ ।
योसँगै पृथ्वीको प्राकृतिक भू–उपग्रहमा सफ्टल्याण्ड गर्ने जापान पाँचौँ देश बनेको छ ।
यसअघि अमेरिका, रुस, चीन र भारतले पनि यो उपलब्धि हात पारेका थिए ।
स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (स्लिम) ले आफूलाई भूमध्यवर्ती क्रेटर नजिकै चन्द्रमाको सतहमा बिस्तारै राख्न सफल भएको जापानको अन्तरिक्ष एजेन्सीले जनाएको छ ।
तर इन्जिनियरहरू अहिले मिसन बचाउन संघर्ष गरिरहेका छन् । यसको सौर्य उर्जा प्रणालीको समस्याले मिसन खतरामा परेको छ ।
Leave a Reply