काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।
युगान्डाको राजधानी कम्पालामा प्रधानमन्त्री प्रचण्ड र भारतका विदेशमन्त्री जयशंकरबीच भेटवार्ता भएको हो।
प्रधानमन्त्री प्रचण्ड र विदेशमन्त्री जयशंकर कम्पालामा शुक्रबार सुरु भएको असंलग्न आन्दोलन अभियान (नाम)का मुलुकहरुको १९ औं शिखर सम्मेलनमा सहभागी हुन युगान्डा पुगेका थिए ।
भेटमा दुई पक्षीय हित र सहकार्यबारे कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ नाराका साथ नामको १९ औं शिखर सम्मेलन सुरु भएको हो ।
Leave a Reply