Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • हुन्डी र सुन करोबारको आरोपमा नरेश अग्रवाल पक्राउ, दुई करोड नगद बरामद

    हुन्डी र सुन करोबारको आरोपमा नरेश अग्रवाल पक्राउ, दुई करोड नगद बरामद

    अनलाइन नेपाल
  • शुक्रबार, ५ माघ २०८०
  • 1.6K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । हुन्डी र सुन कारोबारको आरोपमा कपडा व्यापारी नरेश अग्रवाल दुई करोड नगदसहित पक्राउ परेका छन् ।

    राजस्व अनुसन्धान विभागले अग्रवालको क्षेत्रपाटीस्थित निवासमा बिहीबार राति छापा मारेर उनलाई नगदसहित पक्राउ गरेको हो ।



    अग्रवाल अवैध धन्दामा लागेको शंकामा लामो समयदेखि विभागले निगरानी गरिरएको थियो । विभागका अनुसार उनीको साथबाट दुई हजार अमेरिकी डलर पनि बरामद भएको छ ।



    अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको विषयमा थप अनुसन्धान भइरहको विभागले जनाएको छ । उनलाई राजस्वको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार