परासी । पश्चिम नवलपरासीमा लागूऔषधसहित एकजना पक्राउ परेका छन् ।
रामग्राम नगरपालिका-५ बाइपास चोकमा रुपन्देही देवदह नगरपालिका १२ का २१ वर्षका धरमवीर केबटलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
पैदल हिँडिरहेका युवालाई शंका लागेर चेक गर्दा लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय परासीले जनाएको छ ।
ज्याकेटमा लुकाइछिपाइ ल्याउँदै गरेको नुर्फिन ५२ एम्पुल, डाइजापाम ५२ एम्पुल, फेनारगन ५२ एन्पुल बरामद भएको छ ।
केबटलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
Leave a Reply