Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सहकारी विभागमा रवि लामिछानेविरूद्ध नेविसंघको उजुरी

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी दिएको छ ।

ठूला सहकारीमा भएका घोटालाका विषयमा नेविसंघका केन्द्रीय सदस्य आदर्श मल्लसहितले बिहीबार सहकारी विभाग पुगेर ध्यानाकर्षण गराएका हुन् ।

साथै नेविसंघले सहकारी विभागअगाडि ठूला सहकारी घोटालाबारे जाँच गर्न र दोषीहरूलाई कडा कारबाही गर्न माग गर्दै प्रदर्शनसमेत गरेका छन् ।

‘सांसद तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका बारेमा सुप्रिम, सूर्यदर्शन, साहारा चितवन र बुटवलको सुप्रिम सहकारीको पैसा आफू संलग्न रहेको गोर्खा मिडियाको खातामा ट्रान्सफर भएको भन्ने समाचार प्राप्त भएपश्चात उक्त सहकारीका बचतकर्तालाई बुझ्दा ठगिएको भन्ने जानकारी गराएको तथा सहकारीमा सोबारे सोध्दा अपुष्ट जानकारी आएको हुँदा उक्त सहकारीहरूमार्फत् भएको ठगी प्रकरण सम्बन्धमा यथार्थ बाहिर ल्याउन र दोषी भाग्न नपाउन भनि हामी माग गर्दछौं,’ उजुरीमा उल्लेख छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077