Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

६ महिनासम्म विदा नबस्ने पाँच जनालाई खोटाङ प्रहरीले सोध्यो स्पष्टीकरण

खोटाङ। जिल्ला प्रहरी कार्यालय खोटाङले ६ महिनासम्म पनि विदा नबस्ने ५ जना कर्मचारीलाई स्पष्टीकरण सोधेको छ।

प्रहरी नियमावली २०७१ अनुसार पाउने विदाको सुविधा नलिएका भन्दै खोटाङ प्रहरीले ५ जना प्रहरी जवानलाई स्पष्टीकरण सोधेको हो ।

कारबाही गर्नका लागि नभएर सुविधा अनुसार विदा बस्दा काममा पनि प्रभावकारिता बढ्ने भएकाले विदा बस्नलाई प्रोत्साहित गर्न स्पष्टीकरण सोधेको जिल्ला प्रहरी कार्यालय, खोटाङले जनाएको छ ।

प्रहरी अधिकृतहरुले वर्षमा ३० दिन घर विदा र १२ दिन भैपरि आउने विदा पाउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077