Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेप्से ७ अंकले घट्दा ८ अर्ब १७ करोडको कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन आज सेयर बजार परिसूचक नेप्से ७ अंकले घटेको छ।

अघिल्लो कारोबार दिन बुधबार १२.१० अंकले घटेको नेप्से परिसूचक आज ७.२४ अंकले गिरावट आएर २१५५.८२ विन्दुमा कायम भएको हो ।

नेप्से घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ९ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ८ अर्ब १७ करोडमा खुम्चियो ।

यस दिन हाइड्रोपावरसहित ३ समूह बढे । अन्य सबैभन्दा धेरै १.३० प्रतिशत बढ्यो भने हाइड्रोपावर ०.७९ र फाइनान्स ०.२० प्रतिशत बढे ।

होटल समूह सबैभन्दा धेरै १.४ प्रतिशत घट्यो । बैंकिङ ०.६४, विकास बैंक ०.६५, लगानी ०.७५, जीवन बीमा ०.५२, उत्पादन १.२८, माइक्रोफाइनान्स १.०२, निर्जीवन बीमा १.१३ र ब्यापार समूह ०.८९ प्रतिशत घटे ।

बजार घट्दा पनि रिडी पावर, गणपति लघुवित्त वित्तीय संस्था, सिनर्जी पावर र माहुली लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै सीईडीबी हाइड्रोपावरको ९.८ प्रतिशत बढ्यो ।

दोर्दी हाइड्रोपावरको ८.४, हिमालयन रिइन्स्योरेन्सको ८.४, इनिफिनिटी लघुवित्तको ७.९ प्रतिशत मूल्य बढ्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, सोनापुर सिमेन्ट, ङादी ग्रुप, रिडी पावर र नेपाल वेयर हाउजिङ कम्पनी क्रमशः अगाडि रहे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077