Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज तीन संसदीय समितिका बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । संघीय संसद्का तीन समितिको बैठक आज बस्दैछन् । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सिंहदरबारमा दिउँसो १ बजे बस्नेछ ।

बैठकमा एम.डी.एम.एस, टेरामक्स र एनसेलको शेयर खरिद–बिक्रीका सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग छलफल गर्ने कार्यसूची छ।

यस्तै राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले बिहान साढे १० बजे बैठक बोलाएको छ। बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका आयोजनाको अवस्थाबारे छलफल हुने संसद सचिवालयले जनाएको छ।

मन्त्रालय अन्तर्गत सञ्चालित हुलाकी लोकमार्ग, पुष्पलाल (मध्यपहाडी लोकमार्ग), रेल्वे तथा मेट्रो विकास आयोजना, उत्तर दक्षिण (कालीगण्डकी कोरिडोर) लोकमार्ग, उत्तर दक्षिण (कर्णाली) लोकमार्ग, उत्तर दक्षिण (कोशी) लोकमार्ग आयोजनाको हालसम्मको भौतिकरवित्तीय प्रगति, समस्या र चुनौती, समस्याको कारण, भावी कार्ययोजनाबारे छलफल हुन लागेको हो।

दिउँसो १ बजे बस्ने राष्ट्रियसभाकै विधायन व्यवस्थापन समितिको बैठकमा आज विधायनसम्बन्धी विधेयक, २०८० मा विज्ञसँग छलफल गर्ने कार्यसूची तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077