Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • घुसको १५ लाखसहित वडाध्यक्ष पक्राउ

    घुसको १५ लाखसहित वडाध्यक्ष पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ३ माघ २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख घुससहित वडाध्यक्षलाई पक्राउ गरेको छ ।

    आयोगको टंगालबाट खटिएको टोलीले घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि १५ लाख घुस लिइसके पश्चात बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष ४२ वर्षीय नृपेश बादेलाई पक्राउ गरेको हो ।



    उनलाई उक्त घुससहित मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ३ गठ्ठाघरबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।



    यस्तै वडाध्यक्षसँगै आएको बा ७ च १२९ नं. को कार चालक बाह्रबिसे नगरपालिका वडा नम्बर ७ मिलनटार स्थायी घर भई हाल चागुनारायण नगरपालिका वडा नम्बर २ दुवाकोट बस्ने ३१ वर्षीय पदम बहादुर प्रधानलाई पनि गाडीसहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार