Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईजीपी र एआइजीको पदावधि घटाउने सहमति

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक र अतिरिक्त महानिरीक्षकको पदावधि घटाउने सहमति भएको छ ।

महानिरीक्षकको तीन र अतिरिक्त महानिरीक्षकको चार वर्ष राख्ने सहमति भएको छ ।

हाल आईजीपीको चार र एआइजीको पाँच वर्ष रहेको छ । गृह मन्त्रालयले बनाएको नयाँ प्रहरी ऐनको मस्यौदामा पदावधि घटाउने सहमति भएको हो ।

त्यस्तै, डिआइजीको पदावधि भने पाँच वर्ष र एसएसपी ६ वर्ष नै राखिएको छ । नयाँ ऐनमा वृत्ति विकाससम्बन्धी प्रावधानमा व्यापक हेरफेर गर्न लागिएको छ ।

३० वर्षे सेवाहद पनि हटाउने सहमति भएको तर केही प्रहरी अधिकारी त्यसविरुद्ध लागेका छन् । प्रहरी समायोजनका लागि प्रदेश सरकारले दबाब दिएपछि गृह मन्त्रालयले हतारमा नयाँ प्रहरी ऐन ल्याउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077