Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भन्सार जाँचका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटाइयो सशस्त्र प्रहरी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार चेकजाँचमा इन्स्पेक्टरको कमान्डमा ३१ जना सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।

अर्थ मन्त्रालयको आग्रहमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्सार चेकजाँचमा सशस्त्र प्रहरी परिचालन गर्ने निर्णय गरेका हुन्।

सोमबारदेखि विमानस्थलमा सशस्त्र प्रहरीको टोली खटिएको छ। अर्थ मन्त्रालयले पुस १७ गते विमानस्थल भन्सार जाँचका लागि सशस्त्र प्रहरीलाई खटाउन भन्दै गृह मन्त्रालयलाई अनुरोध गरेको थियो।

अर्थको मन्त्रीस्तरीय अनुरोधपछि उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले पुस २६ गते सशस्त्र प्रहरीलाई खटाउने निर्णय गरेका थिए। अहिले खटिएको सशस्त्रको टोलीले चार सिफ्टमा पाँच-पाँच जनाको टोलीले काम थालेका छन्।

भन्सार चेकजाँचमा खटिने सशस्त्रको टिम प्रमुख भन्सार प्रशासकको पूर्ण नियन्त्रण र निर्देशनमा परिचालित हुने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077