Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

जिल्ला खटिने नेतालाई कांग्रेसले अभिमुखीकरण गर्ने

काठमाडौं । नेपाली कांग्रेसले जिल्ला खटिने नेताहरुलाई अभिमुखीकरण गर्ने भएको छ।

माघ ७ देखि २२ गतेसम्म हुने ‘समुदायमा कांग्रेस’ अभियानमा जाने केन्द्रीय नेताहरुलाई अभिमुखीकरण गर्न लागेको हो ।

७७ जिल्लामा केन्द्रीय नेताहरु खटाएर कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान देशभर गर्दैछ ।  जिल्ला जाने नेताहरुले आन्तरिक संगठन र समुदायमा पुगेर पार्टीको अभियान चलाउने छन् ।

पार्टीभित्रको संगठन सुदृढीकरण साथै नागरिक तहमा पुगेर उनीहरुको आवाज सुन्ने गरी कांग्रेसले अभियान घोषणा गरेको छ।

जिल्ला जाने नेताहरुले पार्टीमा देखिएको तल्लो तहको समस्या समाधान गर्ने, नागरिकसँग अन्तक्रिया गर्ने, नागरिकका समस्या सुन्ने लगायतका जिम्मेवारी पार्टीले दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077