Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादीका पूर्णकालीन पदाधिकारी र सदस्यलाई पैसा दिन प्रस्ताव

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पूर्णकालीन पदाधिकारी र सदस्यहरूलाई पैसा दिन प्रस्ताव गरेको छ ।

उपाध्यक्ष पम्फा भूसालको संयोजकत्वमा रहेको विधान मस्यौदा समितिले परिभाषित जिम्मेवारीसहित पूर्ण समय पार्टी काममा लगाउने व्यक्तिलाई सम्बन्धित समितिले निर्वाह खर्चको व्यवस्था गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित विधानको धारा ६१ मा यो व्यवस्था उल्लेख गरिएको छ ।

पार्टी समितिलाई आवश्यक पर्ने पूर्णकालीन कार्यकर्ता बाहेकका सबै पार्टी सदस्यको आत्मनिर्भर आर्थिक जीवनका लागि श्रम तथा आर्थिक उत्पादनका कार्यक्रम र योजना बनाई कार्यान्वयन गर्ने प्रस्तावित विधानमा उल्लेख छ।

मस्यौदा आगामी फागुन १ देखि ३ गतेसम्म हुने विधान अधिवेशनमा प्रस्तुत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077