काठमाडौं । आईसीसी यू-१९ विश्वकपको तयारीका लागि दक्षिण अफ्रिकामा रहेको नेपालले आज वेस्टइन्डिजविरुद्ध अभ्यास खेल खेल्दैछ।
नेपालले अन्तिम औपचारिक वार्मअफ खेलमा वेस्टइन्डिजविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो।
दक्षिण अफ्रिकाको जोहननेसबर्गमा नेपालका कप्तान देव खनालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।
नेपालले पहिलो औपचारिक वार्मअप खेल स्कटल्यान्डलाई डीएलएस मेथड अनुसार ७ विकेटले पराजित गरेको थियो ।
अनौपचारिक वार्मअप खेलमा नेपालले स्कटल्यान्डलाई १ सय ३५ र नामिबियालाई ६ रनले हराएको थियो ।
Leave a Reply