Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • ‘भेप’को प्रयोग बढ्दा राजस्वमा धक्का

    ‘भेप’को प्रयोग बढ्दा राजस्वमा धक्का

    अनलाइन नेपाल
  • मंगलबार, २ माघ २०८०
  • 564
    SHARES

    काठमाडौं । ‘इलेक्ट्रोनिक भेप’ को प्रयोग बढ्न थालेपछि त्यसले देशको राजस्व सङ्कलनको लक्ष्यमै असर पारेको पाइएको छ ।

    भेपको प्रयोग बढ्दा मुलुकभित्र चुरोटको प्रयोग घटेको र त्यसले राजस्वको मुख्य आधारमध्येको अन्तःशुल्क सङ्कलनमा धक्का पुगेको अर्थ मन्त्रालयको प्रारम्भिक ठहर छ । चुरोटको उत्पादनमा लगाइने अन्तःशुल्क राजस्वको बलियो आधार पनि हो ।



    चुरोटको प्रयोग घटेपछि मन्त्रालयले केही उद्योगमा गरेको अनुगमनले समग्र उत्पादन नै घटेको पाइएको प्रवक्ता धनीराम शर्माले जानकारी दिए । “अहिले इलेक्ट्रोनिक ‘भेप’ को प्रयोग बढ्दा त्यसले चुरोटको उपभोग घटेको हो कि भन्ने अनुमान छ,” उनले भने, “यसबारे थप अध्ययनको जरुरी देखिएको छ ।”



    चुरोटपछि बियरको प्रयोग पनि घटेकाले त्यसको प्रत्यक्ष असर अन्तःशुल्कमा परेको मन्त्रालयको अनुमान छ । सेवा क्षेत्र अपेक्षा अनुसार फस्टाउन नसक्दा बियर उपभोग घटेको मन्त्रालयको बुझाइ छ ।

    यसबाहेक विद्युतीय सवारीको आयात बढ्दा त्यसबाट पनि राजस्व गुमिरहेको मन्त्रालयले जनाएको छ । विद्युतीय सवारीको आयातमा न्यून कर र अन्तःशुल्कका कारण भन्सार राजस्वतर्फ पनि असर पुगिरहेको ठहर अर्थको छ ।

    अर्थ मन्त्रालयको प्रारम्भिक अनुमानलाई पुष्टि गर्ने गरी अन्तःशुल्कको सङ्कलन पनि खुम्चिएको तथ्याङ्कले देखाउँछन् । चालु आर्थिक वर्षको आधा समय पूरा हुँदासम्म आन्तरिक तर्फको अन्तःशुल्क लक्ष्यभन्दा ३२ प्रतिशतले न्यून सङ्कलन भएको देखिन्छ । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार