Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादीले माग्यो पार्टीबाट मन्त्री बनेकाको प्रगति विवरण

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा रहेका मन्त्रीहरूको प्रगति विवरण माग गरेको छ ।

सोमबार बसेको पार्टी सचिवालय बैठकबाट तुरुन्तै सो विवरण बुझाउन निर्देशन दिइएको हो ।

पार्टीको तर्फबाट सरकारमा जानुभएका मन्त्रीहरूले आजसम्म सरकारमा के कस्ता काम गर्नुभएको छ, के कस्तो प्रगति भएको छ, त्यसको विवरणसहित तुरुन्तै बुझाउन पार्टीले निर्देशन दिएको उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

एकीकृत समाजवादीका तर्फबाट केन्द्रीय सरकारमा उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपन्छी विकासमन्त्री र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077