Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • टार्गेट पूरा नगर्ने कर्मचारीको जिम्मेवारी हेरफेर हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    टार्गेट पूरा नगर्ने कर्मचारीको जिम्मेवारी हेरफेर हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, १ माघ २०८०
  • 669
    SHARES

    अर्घाखाँची । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले दिएका टार्गेट एक महिनाभित्र पूरा नगर्ने कर्मचारीको जिम्मेवारी हेरफेर गर्ने बताएका छन्।

    अर्घाखाँचीस्थित सन्धीखर्कको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    आफू नियमित रूपमा १० बजेभित्रै कार्यालय सिंहदरबार पुगेर मन्त्रालयको रिपोर्टिङ लिने गरेको भन्दै उनले टार्गेट अनुसार काम गर्न कर्मचारीलाई निर्देशन दिएको बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने,‘म अहिले १० बजे नै नियमित रूपमा सिंहदरबार जाने गरेको छु । मन्त्रालयको रिपोर्टिङ लिने गरेको छु । उहाँहरू एक महिनाको टार्गेट दिएको छु । जिम्मेवारी पुरा नगर्नेलाई हेरफेर गरिन्छ।’

    उनले आफ्नै कार्यकालमा संघीय निजामती ऐन, शिक्षा ऐन, प्रहरी ऐन लगायत ऐनहरू कार्यान्वयन नहोला कि भन्ने डर भइरहेको उनले बताए ।

    त्यसैले आफ्नो काँधमा धेरै जिम्मेवारी भएकाले त्यसलाई गम्भीरतापूर्वक लागि परेको प्रचण्डको भनाइ थियो । उनले एक वर्षको कार्यकालमा अर्थतन्त्र डुब्यो भन्ने आतङ्कबाट मुक्त भएको उनको जिकिर छ ।

    अर्थतन्त्रको सूचकांकमा उल्लेख्य सुधार आएको, विदेशी मुद्रा सञ्चिति इतिहासमै बढी भएको, भुक्तानी सन्तुलन र रेमिटेन्स बढेको, सार्वजनिक संस्थान बिस्तारै नाफामा जान लागेको, बन्द भएको उद्योग सञ्चालन भएको प्रधानमन्त्री प्रचण्डले दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार