Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – विदेशी मुद्राको सञ्चितिमा इतिहासमै ठूलो प्रगति भएको छ

    प्रधानमन्त्री प्रचण्डले भने – विदेशी मुद्राको सञ्चितिमा इतिहासमै ठूलो प्रगति भएको छ

    अनलाइन नेपाल
  • सोमबार, १ माघ २०८०
  • 573
    SHARES

    अर्घाखाँची । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो एक वर्षमा अर्थतन्त्रको क्षेत्रमा राम्रो सुधार हुँदै गएको दाबी गरेका छन्।

    आयोजित आर्थिक विकास, पर्यटन प्रवर्द्धन, स्थानीय रोजगारीका लागि अर्घाखाँची पर्यटन प्रवर्द्धन कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको सुधार हुँदै गएकाले उद्योगी व्यवसायीहरूलाई उत्साही भएर काम गर्न आग्रह गरे। विदेशी मुद्राको सञ्चितिमा इतिहासमै ठूलो प्रगति भएको प्रधानमन्त्रीको दाबी छ।



    प्रधानमन्त्री प्रचण्डले भने,‘यस अवधिमा अर्थतन्त्रमा महत्वपूर्ण सुधार आएको छ । विदेशी मुद्राको सञ्चितिमा इतिहासमै ठूलो प्रगति भएको छ। पर्यटन आगमनमा गुणात्मक वृद्धि भएको छ। बैंकको ब्याजदरमा कटौती, सहकारी र लघुवित्तका समस्याको सम्बोधन, भुक्तानी सन्तुलन, विप्रेषणमा वृद्धिका साथै शिथिल भएको उद्योग–व्यवसाय क्षेत्र क्रमशः चलायमान हुन थालेको छ। यो हाम्रा लागि खुसीको कुरा हो। तसर्थ उत्साही भएर काम गरौँ।’

    उनले एक वर्षको अनवरत प्रयासबाट देश र जनतासामु विद्यमान चुनौतीहरू सम्बोधन हुँदै गएको दाबी गरे। उनले सुशासनका लागि भ्रष्टाचारविरुद्धको अभियान चलाएर सरकार अगाडि बढिरहेको बताए।

    उनले विभिन्न काण्डलाई छानबिन गरेर टुंगोमा पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताए। प्रधानमन्त्री प्रचण्डले टाट पल्टिन लागेका संस्थाहरु नाफामा जान थालेको समेत उल्लेख गरे। प्रचण्डले आफ्नो विदेश भ्रमणले कूटनीतिमा समेत उल्लेख्य प्रगति भएको दाबी गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार