काठमाडौं । ललितपुरको इमाडोलमा एक महिला इनारमा खसेकी छन् ।
दोलखा घर भई इमाडोल डेरा गरी बस्ने २८ वर्षीया न्युटन प्रधान इनारमा खसेकी हुन् ।
उनको उद्धार प्रयास भइरहेको प्रहरीले जनाएको छ । आज बिहान लुगा सुकाउने क्रममा उनी इनारमाथि चढेकी थिइन् ।
इनारलाई छोपेको स्लाब फुटेपछि उनी इनारभित्र खसेकी हुन् ।
प्रहरी प्रभाग इमाडोल र ललितपुरको महानगर प्रहरीको टोली पनि उद्धारका लागि खटिएको छ।
Leave a Reply