Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • देवघाटमा स्नान गर्न भक्तजनको घुइँचो, सशस्त्रको गोताखोर टोली पनि परिचालन

    देवघाटमा स्नान गर्न भक्तजनको घुइँचो, सशस्त्रको गोताखोर टोली पनि परिचालन

    अनलाइन नेपाल
  • सोमबार, १ माघ २०८०
  • 951
    SHARES

    चितवन । पवित्र तीर्थस्थल देवघाटमा माघे सङ्क्रान्तिमा स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ ।

    आइतबार बिहान बेनीमा बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । त्यसपछि क्रमशः भक्तजन आउने क्रम सुरु भएको हो ।



    देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार रातभर जाग्राम बस्ने भक्तजनले देवघाटको नदी तटीय क्षेत्र भरिएको थियो । अहिले पनि भक्तजन आउने क्रम जारी छ ।



    कतिपय भक्तजन स्नान गरेर फर्किन थालेका छन् । सुरक्षाका लागि सशस्त्र प्रहरीको गोताखोरसहितको टोली परिचालन गरिएको छ ।

    देवघाट क्षेत्र विकास समितिले विभिन्न समिति बनाएर काम गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार