Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • सवारी दुर्घटनाका त्रुटि पत्ता लगाउन पाँच सदस्यीय कार्यदल गठन

    सवारी दुर्घटनाका त्रुटि पत्ता लगाउन पाँच सदस्यीय कार्यदल गठन

    अनलाइन नेपाल
  • आइतबार, २९ पुष २०८०
  • 654
    SHARES

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी दुर्घटनाका त्रुटि पत्ता लगाउन पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।

    सडक दुर्घटनाबाट मानवीय, आर्थिक र भौतिक क्षति बढेपछि मन्त्री प्रकाश ज्वालाले भौतिक र प्राविधिक पक्षका त्रुटिहरु पत्ता लगाउन कार्यदल गठन गरेका हुन् । कार्यदलमा पूर्वसचिव धनबहादुर तामाङ अध्यक्ष रहेका छन् ।



    कार्यदलमा संघीय सडक सुपरिवेक्षण कार्यालय सुर्खेतका सुई श्यामबहादुर खड्का, सवारी अनुगमन मापदण्ड तर्जुमा र सवारी चालक व्यवस्थापन अन्तरप्रदेश समन्वय, अनुसन्धान शाखाका निर्देशक, प्रहरी प्रधान कार्यलय ट्राफिक महाशाखाका प्रतिनिधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सीडीई सुरेश श्रेष्ठ सदस्यसचिव रहने छन् ।



    कार्यदललाई विगत एक महिनामा भएका सवारी दुर्घटना, विगतमा भएका कार्यदलका प्रतिवेदन र स्थलगत अध्ययन गर्न, सडक दुर्घटनाका कारण र पक्षको विश्लेषण गर्न, सडक दुर्घटना न्यूनिकरण गर्न संस्थागत र प्राविधिक पक्षको विश्लेषण गर्न गरी जिम्मेवारी दिइएको छ ।

    नेपालगन्जबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस शुक्रबार राति दाङमा दुर्घटना हुँदा ११ जनाले ज्यान गुमाएका थिए भने थानकोट चित्लाङमा भएको दुर्घटनामा ५ जनाको ज्यान गएको थियो । त्यसैगरी शनिबार बागलुङको बुर्तिबाङबाट ढोरपाटन जाँदै गरेको जिप दुर्घटना हुँदा २ जनाको ज्यान गएको थियो ।

    दुई दिनभित्र १९ जनाको ज्यान गएपछि भौतिक तथा प्राविधिक त्रुटि पत्ता लगाउन कार्यदल गठन गरिएको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार