Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ, १३ लाख ७५ हजार नगद बरामद

    हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ, १३ लाख ७५ हजार नगद बरामद

    अनलाइन नेपाल
  • आइतबार, २९ पुष २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । हुण्डी कारोबारमा संलग्न दुई जनालाई प्रहरी पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा काभ्रेपलान्चोक चौरीदेउराली गाउँपालिका-५ घर भई हाल कपन भिमसेन गौतम र चितवन राप्ती नगरपालिका-४ घर भई हाल सुकेधारा बस्ने राजु गौतम रहेका छन् ।



    उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले महाबौद्धबाट बाट पक्राउ गरेको हो ।



    भिमसेन गौतमको साथबाट हुण्डी कारोबारको नगद ८ लाख र राजु गौतमको साथबाट ५ लाख ७५ हजार नगद र ७ लाख ९७ हजारको चेक फेला परेको प्रहरीले जनाएको छ ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएकको टोलीले राजुलाई महाबौद्ध स्थित कुमारी आर्केटको २०२ नम्बरको राधाकृष्ण जनरल स्टोरबाट पक्राउ गरेको हो ।

    प्रहरीले उनिहरुको साथबाट १३ लाख ७५ हजार नगद र विभिन्न व्यक्ति तथा संस्थाको नाममा काटिएको चेक बरामद गरेको छ ।

    पक्राउ परेका दुबै जनालाई नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिम आवश्यक कानुनी कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाईएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार