Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेप्से ३१ अंकले बढ्दा ५ अर्ब ४५ करोडको कारोबार

काठमाडौं । आज सेयर बजारको परिसूचक नेप्से ३१ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २१२० अंकमा कायम भएको छ ।

५ पुसयता २१ सयमुनि रहँदै आएको बजार २५ दिनपछि २१ सयमाथि गएको हो । कारोबार सुरु भएको केही मिनेटमै २१ सय नाघेको नेप्से अन्तिम समयसम्म २१ सयमाथि नै रह्यो ।

दिनभर ५ अर्ब ४५ करोडको सेयर किनबेच भएको छ। ९४ हजार ५ सय २६ कारोबारमार्फत् कुल ३ सय १४ स्क्रिप्टका १ करोड ६६ लाख ५ हजार २ सय ३४ इकाइ सेयर किनबेच भएको हो।

कारोबार रकम गत बिहीबारको तुलनामा १ अर्ब १५ करोड बढी हो। बिहीबार नेप्से ०.६२ अंकले घटेकामा दिनभर ४ अर्ब ३० करोडको सेयर किनबेच भएको थियो।

यस दिन २११ कम्पनीको मूल्य बढ्दा ३३ को घट्यो भने ३ को स्थिर रह्यो । हाइड्रोपावर समूहमा उच्च वृद्धि देखिएको छ ।  सो समूह सबैभन्दा धेरै ४.५८ प्रतिशत बढ्यो । त्यस्तै अन्य समूह २.७७ प्रतिशत बढ्यो ।

वाणिज्य बैंक ०.४७, विकास बैंक १.२४, फाइनान्स १.५५, लगानी १.२४, जीवन बीमा ०.४२, उत्पादन १.०३, माइक्रोफाइनान्स १.९६ र निर्जीवन बीमा समूह ०.०१, प्रतिशत बढे ।

होटल तथा पर्यटन ०.०१ र ब्यापार समूह ०.९४ प्रतिशत घटे ।

कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स संस्थापक समूह, सोनापुर सिमेन्ट, हाथवे इन्भेस्टमेन्ट कम्पनी, अरुणभ्याली हाइड्रोपावर र अरुण काबेली क्रमशः अगाडि रहे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077