Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले महासचिव पोखरेलले भने - सरकार कमजोर हुँदा बाह्य चलखेल र हस्तक्षेप बढ्यो

​​​दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार कमजोर हुँदा बाह्य चलखेल र हस्तक्षेप बढेको बताएका छन्।

दाङको तुलसीपुरमा आइतवार प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

महासचिव पोखरेलले भने,‘नेपालले निर्माण गर्न सक्ने कम लगानीका आयोजना भारतलाई हस्तान्तरण गरेर देशको हित विपरीत काम भएको छ । भारतीय विदेश मन्त्री नेपाल भ्रमणमा रहँदा भएका सहमति मुलुकको हित विपरीत रहेको भन्दै भारतीय राजदूतावासले २० करोडसम्मको बजेट आफैं खर्च गर्न पाउने भन्ने सहमति मुलुकको हित विपरीत छ ।’

महासचिव पोखरेलले युद्ध स्थलका रुपमा नेपाल प्रयोग हुने खतरा बढेको टिप्पणी गरे ।

वर्तमान सरकार विकास र समृद्धिका दृष्टिले इतिहासकै असफल भएको पोखरेलले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077