Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • राष्ट्रिय सभा निर्वाचन र टीआरसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

    राष्ट्रिय सभा निर्वाचन र टीआरसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

    अनलाइन नेपाल
  • आइतबार, २९ पुष २०८०
  • 615
    SHARES

    काठमाडौं । आज सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बिहान बस्न लागेको हो ।

    आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक लगायतका विषयमा छलफल हुनेछ । बैठकमा राष्ट्रिय सभा निर्वाचनसहित समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल हुने बताइएको छ ।



    राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउने विषयमा छलफल गर्न र टीआरसी सम्बन्धी विषयमा छलफल गर्नुपर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठकमा बोलाएका हुन् ।



    सरकारले आगामी संसद अधिवेशनबाट टीआरसी सम्बन्धी विधेयक पास गर्ने तयारी थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार