Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुर्घटनामा छोराछोरीसहित डा.महेशकुमारको निधन

काठमाडौं । चन्द्रागिरीको सेतो पहरामा आज भएको दुर्घटनामा चिकित्सक परिवारको मृत्यु भएको छ।

दुर्घटनामा वरिष्ठ बालरोग विशेषज्ञ डा.महेशकुमार गौतमको परिवार र आफन्त गरी पाँच जनाको मृत्यु भएको हो ।

शनिबार बिहान काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको भ्यान हिमचुली सेतो पहरास्थित सडकबाट पाँच सय मिटरभन्दा तल खसेको थियो। दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जनाको उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको हो।

बा प्र–०१–०२३ च ६९८५ नम्बरको फोर्ड गाडीमा सवारमध्ये एक जना भने घाइते भएको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ। दुर्घटनामा ३८ वर्षीय गौतमसहित उनको छोराछोरी र सासु ससुराको मृत्यु भएको छ।

गौतमसहित उनका ४ वर्षीय छोरा प्रियान्स गौतम, ६ वर्षीया छोरी स्मारिका गौतम, ६७ वर्षीय ओमकार निधि तिवारी र ६४ वर्षीया कल्पना तिवारीको मृत्यु भएको हो।

६ वर्षीया छोरीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। दुर्घटनामा गौतमकी श्रीमती डा.सृष्टि तिवारी गौतम घाइते भएकी हुन्। उनी क्यान्सर रोग विशेषज्ञ हुन्। गौतम नेपाल आस्थमा एलर्जी सेन्टर लाजिम्पाटमा कार्यरत थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077